आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुँदै

आयोगको घोषणा, के के गर्न प्रतिबन्ध ?

काठमाडौँ, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजबाट आचारसंहिता लागू गर्दैछ ।

आचारसंहिता आज मध्य रातिदेखि लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको चुनाव स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले आचारसंहिता ल्याएको हो ।

आयोगको घोषणा, के के गर्न प्रतिबन्ध ?

आयोगले झण्डा, टिसर्ट, आमसभा, भेला लगायतका आचार संहिता अनुसारको प्रयोग गर्न भनेको छ । त्यसैगरी मौन अवधिमा मत माग्न, प्रचार गर्न नपाइने, मादक पदार्थको विक्री वितरण र सेवनमा पूर्ण निषेध गर्न भनेको छ । आयोगले उम्मेदवारले राजीनामा दिनुपर्ने भन्ने विषयमा अदालतमा मुद्दा रहेकाले त्यसबारे कुनै निर्णय गर्न नपरेको पनि जनाएको छ ।

निर्वाचन आयोगले आचारसंहिता विपरित नैतिक बन्धनको रुपमा रहेको कानुनी बन्धन भएको भन्दै राजनीतिक दल र सरोकारवालाले पूर्ण पालना हुने विश्वास गरेको छ । आचारसंहिता उल्लंघन भए प्रक्रिया बमोजिम उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्न सक्नेतर्फ सचेत गराएको छ । आयोगले निर्वाचन स्वच्छ र स्वच्छ र मर्यादित बनाउन आयोगका साथै सरोकारवालाहरूले पनि साथ र सहयोग गर्न भनेको छ

आयोगले आजैदेखि लागू हुने निर्वाचन आचारसंहितामा उम्मेदवार र दलहरु बाहेक सामाजिक सञ्जालबाट प्रचार प्रसार गर्न नपाउने नियम बनाएको छ । आचारसंहितामा झोला, टिसर्ट, ब्याग छाप्न र वितरण गर्न समेत रोक लगाएको छ । 

राजनीतिक दल वा उम्मेदवारहरूले प्रचार प्रसारको सिलसिलामा ७५ ग्रामसम्मको कागजमा ३ सय वर्ग इन्च सम्म आकारको एउटै रंगको पर्चा, उम्मेदवारको कार्यालयमा तीन गुणा तीनसम्म  दलको झण्डा र सोही नापको चुनाव चिन्ह, उम्मेदवारले ‘ए फोर साइजको आफ्नो व्यक्तिगत पहिचानको विवरण वितरण गर्न सकिने व्यवस्था गरिएकोले दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा लगायतका कार्यक्रम गर्दा निर्वाचन अधिकृतको अनुमित लिई सोही बमोजिमको आकार र संख्याको दलको झण्डा र चुनाव चिन्ह मात्र प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।