बागेश्वरी बहुमुखी क्याम्पसमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्नातक तह दोस्रो सेमेस्टरको आयोजनामा ‘बागेश्वरी क्याम्पसमा शैक्षिक गुणस्तरीयता: आज र भोलि’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । स्नातक तह दोस्रो सेमेस्टरको आयोजनामा भएको कार्यक्रममा १० जना विद्यार्थीले भाग लिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस प्रमुख दान बहादुर हमालले यस्ता कार्यक्रमबाट व्यक्तिको व्यक्तित्व विकास हुनुका साथै विद्यार्थीमा चौतर्फी विकासमा सहयोगमा पुग्ने कुरा उल्लेख गरे । यस खालको कार्यक्रमबाट समुदाय एवं समाजमा सहजीकरण गर्न सक्ने र यसले बोल्ने कला लगायत समाजमा प्रतिस्ठा सहित नेतृत्व गर्न सक्ने क्षमताको विकास हुने कुरा समेत बताए । उनले क्याम्पसले यस खालका कार्यक्रम विगत देखि गराउने गरेको र आगामी दिनमा पनि निरन्तर दिने कुरा समेत जानकारी दिए ।

कार्यक्रममा स्वास्थ तथा जनसंख्या विभागका विभागीय प्रमुख एवं स्वास्थ खेलकुद तथा अतिरिक्त क्रियाकलाप समितीका संयोजक ज्ञानेन्द्र शाही, पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्मा, अभ्यास शिक्षण विभागका विभागीय प्रमुख प्रमोद सुवेदी लगायत पुर्व सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारी, उप- प्राध्यापक टेकेन्द्र कुमार महतरा, उप-प्राध्यापक नवीन किशोर रत्न लगायत प्रथम तथा दोस्रो सेमेस्टरका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रथम, दितिय, तृतीय तथा सान्त्वनालाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा कमला वलि, निर्जला खड्का, निरुता थारु र सीता पान्डे क्रमशः प्रथम, दितिय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए ।

कार्यक्रम मनोज वलिको सभापतित्वमा सम्पन्न भएको थियो भने युवराज विस्टको स्वागत मन्तव्य गरेका थिए । त्यस्तै उक्त कार्यक्रमलाई रोशन बुढाले सन्चालन गरेका थिए । कार्यक्रमको निर्णायकमा खोपिराम वलि क्षेत्री, एकराज शर्मा तथा प्रमोद सुवेदीलाई दिएको थियो ।