सावधान !

कविता

प्यारी बहिनी
तिम्रो कोमलता अनि
तिम्रो निश्चलताले मलाई
हरपल झस्काइरहन्छ।
किनकी तिमी सुन्दरताको साथै
निस्कपटपना ले पुर्ण छौ।
भावना र बिचारले स्वच्छ छौ।

प्यारी बहिनी!
म सावधान गराउँछु तिमिलाई
तिमिमाथी तेर्सिने दुनियाँका
सबै नजर सोझा छैनन् त्यसैले
मेरो हृदय थर्किन्छ
कहिँ त्यो नहोस्
जुन हर कोहि अभिवाकले
चाहादैनन।
त्यसैले म पनि चाहादिनँ कि
तिम्रो आँसु रोउन अनि हृदय
पश्चाताप र पिडामा भस्म होस्।
तिम्रो मर्यादित पृष्ठभुमिमा
अमर्यादाको कालो पोतियोस।

किनकी!
तिमी सँग मात्रै तिमी छैनौ
अनि म सँग मात्रै म छैनँ।
एकपटक नियालेर हेरत
आफ्नै पृष्ठभुमि अनि अघिपछि
आखिर तिमी नै त एक हौ
जो सँग
तिम्रो आमाको सम्मान जोडिएको छ
तिम्रो बाबाको मान जोडिएको छ
तिम्रै दाजुको अभिमान जोडिएको छ।
अनि म सँग तिमी जोडिएकी छौ।

हेरन!
हरबखत मलाई महाभारतले झस्काइरहेछ
अनि हरबखत आजको परिवेशले पनि।
धेरै अन्तर देखिन्छ यहाँ।
उबेला एक नारीको सम्मानको लागि
एक बहिनिको अपमानको बिरोधको लागि
इतिहासकै महान युद्ध रचिएको थियो।
तर
आज एक नारीलाई नङ्ग्याउनको लागि
हरदिन युद्ध लडिन्छन
रगत बगाइन्छन अनि
बिक्षिप्त चित्कारको बिचबाट अर्को दुखद
इतिहास कोरिन्छन।

हो त्यसैले!
हरबखत म तिमिलाई सावधान गराउँछु
कि तिम्रो चरित्रमा प्रश्न उठाइनुपुर्व
तिम्रो कुमारित्वमाथी व्यङ्ग्य गरिनुपुर्व
तिम्रो चीत्कार र क्रन्दनले
अर्को महाभारतको आह्वान गरिनुपुर्व
तिम्री आमा, तिम्रा बाबा अनि तिम्रै दाजैको
मान सम्मान र अभिमानको सव नउठोस,
अपमान र वियोगान्तको चितामा
अन्त्यष्टी नगरियोस।

मेरि बहिनी!
विल्कुलै सावधान बनेर
व्यक्ति अनि उसको स्वभावलाई
धर्म, कर्म र मर्यादाको कसिमा
हजारपटक जाँचेपछी मात्रै
तिम्रो निम्ति योग्य वरको चयन गर।
जसको आँखा मा तिम्रो लागि सम्मान होस्।
जसको हृदयमा तिम्रो लागि अभिमान होस्।
र जसको बिचार अनि व्यवहारमा
तिम्रो निम्ति मैत्रीभाव होस्।
जसकारण अर्को एक अप्रीय कहानी नबनोस।
फेरि एकपटक नियति आँसु झार्न बाध्य नहोस।

यसकारण!
केवल म आफ्नै लागि होइन
अनि मेरै बहिनी र उसकै
बाबा आमाको निम्ति होइन।
संसारका करोडौं बहिनिको
सौहार्दपुर्ण जिवन रक्षाका लागि,
करोडौं आमा र बाबाको
मान र सम्मानको सम्बोधन गर्दै
अनि म जस्तै अनगिन्ती दाजुको
अभिमान रक्षाका लागि
प्रतिनिधित्व गर्दै
मेरो पवित्रा आस्था बोलिरहेछ
बोलिरहेछ….।।