कस्तो रहला आजको मौसम ?

काठमाठौं । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले बताएका छन् । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (सोमबार) दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशको पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।