कोहलपुरमा अर्यान गिफ्ट हाउस सन्चालन

युवा समाजसेवी अजिज मलिकद्धारा उद्धघाटन

कोहलपुर, बाँकेको कोहलपुरमा बिहिवार अर्यान गिफ्ट हाउस संन्चालनमा आएको छ। स्थानिय युवा सन्नी बृज्वशीले पाँच लाखको लगानीमा उक्त गिफ्ट हाउस सुरुवात सन्चालनमा ल्याएका हुन । पछिल्लो समयमा कोहलपुरमा गिफ्टहरुको माग अत्याधिक बढेकोले पसल सन्चालन गरेको उनले बताए ।बिहिवार संचालनमा ल्याइएको गिफ्ट हाउसको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका वडा न.५ युवा समाजसेवी अजिज मलिकले गरेका हुन् ।पसलको उद्घाटन गर्दै मलिकले युवाहरुले यसरी नै आत्मस्वावलम्बी बन्दै जादा खुशी ब्यक्त गर्नुभएको छ । सानो लगानीबाट सुरुवात गरिएको पसल भबिष्यमा अझै राम्रो हुने विश्वास समेत उहाँले व्याक्त गर्नुभयो ।पसलको उद्घाटनको एक महिना सम्म ग्राहक लाई २५ प्रतिशत छुटको समेत ब्यवस्था गरिएको पसलको संचालक सन्नी बृज्वशीले बताए ।