कर्णाली प्रदेशका साना लद्युजलविद्युतको अवस्थाबारे मन्त्री सिंहको चासो

सुर्खेत, कर्णाली प्रदेशभरी रहेका साना जलविद्युत आयोजनाको अवस्थाबारे जानकारी दिन कर्णाली प्रदेशका जलस्रोत तथा विकास मन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन ।

मन्त्रालयमा आज भएको छलफलमा मन्त्री सिंहले कर्णाली विद्युतमा यथार्थ चित्रण गर्नका लागि यो निर्देशन दिएको बताऐ । कुन जिल्लामा कति विद्युतका आयोजना अलपत्र परेको , सञ्चालन भएको र निर्माणधिन रहेको बारेमा चासो लिदै मन्त्री सिंहले हप्ता दिन भित्र त्यसको विवरण दिन आग्रह गरेका हुन ।

साना लगानीका जलविद्युत योजना भारी समय सम्मा निर्माण नहुने र निर्माण भएका पनि दिघो नहुने समस्या बल्झिरहेको अवस्थामा त्यसको समस्या समाधान गर्नका लागि मन्त्री सिंहले यो कदल चालेको बताइएको छ ।

वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रलाइ तत्काल सो रिर्पोट पेश गर्न मन्त्री सिंहले निर्देशन दिएका हुन । त्यस्तै जगदुल्ला जलविद्युत आयोजना बारेमा समेत छलफल भएको छ । आयोजनाका निर्मित प्रमुख सञ्जय सापकोटाले , मन्त्री सिंहलाइ आयोजनाको प्रगती विवरणका विषयमा जानकारी गराए । उक्त छलफलमा कर्णाली प्रदेश सभा सदस्य वीर बहादुर शाहीको समेत उपस्थीति रहेको थियो ।

त्यस्तै १० जिल्लाका विद्युत प्राधिकरणका प्रमुख , खानेपानी तथा उर्जा विकास कार्यालयका प्रमुखसँगको छलफल समेत सकिएको छ ।