जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा

काठमाडौं, मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका छन् । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको हो ।यस अवसरमा मधेश भवन परिसरमा जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रम समेत आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

यश अवसरमा मधेश सरकारले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायतका वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

आइतबार दिउँसो १ बजे देखि ५ बजेसम्म हुने औपचारिक कार्यक्रमको नेपाल टेलिभिजन र रेडियो नेपालबाट समेत प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको मन्त्री साहले बताए । कोरोना संक्रमणको बेला भिडभाड नहोस् भन्दै यसलाई  मध्यनजर गरि टिभी र रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको बताए । घरमै बसेर सुन्न र देख्न सक्ने हुनाले सर्वसाधारणको लागि व्यवस्था गरिएको उनले स्पष्ट पारे ।