दुलही छोडेर फर्कदै गरेको ट्रयाक्टर दुर्घटना : १ जनाको मृत्यु, १७ घाइते

गुलरिया, बर्दियामा दुलही छोडेर फर्कदै गरेको ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।बर्दियाको ठाकुरबाबा नगरपालिका ७ बाट बाँसगढी ४ बठुवा गाँउमा दुलही फर्काउन आएको भे २ त १३१६ नम्बरको ट्रयाक्टर शनिवार दिउँसो १२ बजे तिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाईते ठाकुरबाबा ७ का १५ बर्षीय सुमन थारुको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको छ ।

दुर्घटनामा घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एक जनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।