नेविसंघ र तरुण दललाई अपिल

अब अधिवेशनका तिक्तताहरु बिर्सिएर टिम समुहहरु बिर्सिएर सामुहिक रुपमा हामी निर्वाचनको मोडमा होमिन तयार छौ त ? यावत कुराहरुका विचमा के कांग्रेसले निर्वाचन जित्न के कस्तो रणनीति तयार पार्नु पर्ला ? अबको तीन महिना हामीले कम्युनिस्टको मत चोर्नलाई हैन्, हामी संग भएका मतहरु जोगाउन तिर जोडतोडले लागौँ ।आन्तरिक मनमुटावले हाम्रो पार्टीका थुप्रै मतहरु बाहिरिदैँ आएको छ । यी मतहरुलाई हामीले जोगाउन सक्यौ भने हामी निर्वाचनमा स्पष्ट बहुमतका साथ विजयी हुन्छौं । नेपाली कांग्रेस भित्र भएको अन्तरद्वन्दलाई समाप्त पार्न हामी र हाम्रो नेतृत्व पंक्ती के तयार छ त ? यदी छैन् भने भातृ सङ्गठनको भुमिका प्रमुख स्थानमा आउँछ । हामी कार्बाही भोग्न् र कार्वाही गर्न दुबै तयार रहनु पर्छ । अधिवेशनको आन्तरिक मनमुटावले टिमगत लडाईको सजाय सिङ्गो कांग्रेशको रुख चिन्हले पाउन पर्ने जस्ता दु:खद परिस्थितिबाट हामीले कांग्रेसलाई निकास दिनुपर्छ । अब को ५ बर्ष कांग्रेश भित्र कोइराला र देउवाको प्यानल छैन् । अबका दिनमा हामीले सिङ्गो कांग्रेसलाई एकत्रित बनाउन भातृ एवम् शुभेच्छुक संस्थाको महत्वपूर्ण जिम्मेवारी हुन जान्छ । युवाहरूको तातो रगत पसिनाले सिन्चियको रक्त रन्जित झण्डाले नेपाली कांग्रेसलाई मात्र होइन् लोकतन्त्र र संविधानलाई पनि निकास दिनु पर्छ । कांग्रेस निर्वाचनमा उपविजेता बन्नु नै संविधान र लोकतन्त्र हार्नु हो ।

अब संविधान र लोकतन्त्रलाई थप मजबुत बनाएर लैजाने अभिभारा कांग्रेस र आम जनताको काधमा जिम्मेवारी र कर्तव्य बनेर आएको छ । एक हिसाबले समयमै निर्वाचनको मिती तोकिनुले कांग्रेस लोकतन्त्र र संविधान प्रती पुर्ण रुपमा बफादार छ । आगामी  निर्वाचनको मितिले स्पष्ट बनाएको छ । आज सम्मका जती पनि निर्वाचन भएका छन, ती कांग्रेसको नेतृत्व मै भएका छन् । कांग्रेस आफू हारेर पनि संविधानलाई जिताउन भएपनि निर्वाचनमा मआफूलाई होम्मिदैँ आएको छ । अब आगामी बैशाख ३० गते हुने निर्वाचन रुख चिन्हँमा छाप लगाई लोकतान्त्र र संविधानलाई थप मजबुत बनाउन टेवा पुर्याउन सम्पुर्ण मतदाता ज्युहरुमा विनम्र हार्दिक अनुरोध गर्दछु ।

भातृ संगठन एवम् शुभेच्छुक संगठनको भुमिका

१. देशभरका  ७५३ वटा स्थानीय तहको ६७४३ वटा वडामा युवाहरुको तत्काल एक्सन कमिटी गठन गर्नुपर्ने हुन्छ । उक्त कमिटीले किन, कसरी र के ? भन्ने कुराको स्पष्टीकरण नमागी कतैबाट अन्तरघात गरेको नाम आयो, भने भौतिक कार्वाही गर्न तयार रहनु पर्छ । पार्टी नेतृत्वले टिकट बाढ्दा विवेक प्रयोग गर्नुपर्छ । मतदाताहरुले रुख चिन्हमा स्वस्तिक छाप लगाउनु पर्छ । 

२. राष्ट्रिय मुद्धाहरुमा कांग्रेस अग्रपंक्तिमा रहेर बोल्दैँ आएको तथ्यपुर्ण इतिहासलाई जनताको माझमा लगेर जानूपर्छ । र दक्षिणपंक्ती कम्युनिस्ट सरकारका अधिनाएकवादी कदम र विभिन्न भ्रष्टाचारका काण्डहरु संसद विघटन, जनताको मतको अवमूल्यन गरेका जस्ता अत्यन्तै घृणित र दु:खद घटनाहरु जनताको माझ फैलाउन अब युवापंक्ती हावी हुनुपर्छ ।

३. एमसिसी सम्झौताको भ्रम र यथार्थ दुबैलाई स्पष्ट पार्न अब हामी गाउँगाउँ टोलटोल पुग्नु पर्छ । कम्युनिस्टहरु कांग्रेसलाई मात्र दोषी देखाएर आफूले हस्ताक्षर गरेका तथ्य लुकाएर सोझा साझा जनताहरु बाट फाइदा लिने निती बनाएर आगाडी बढी रहेको कुरा हामी जनताको बिचमा स्पष्ट पार्नुपर्छ ।

४. हामी मतदान केन्द्रमा व्यवस्थित र शान्तिपुर्ण ढंगबाट मतदान सम्पन्न गराउन तयार हुनुपर्छ । अब कम्युनिस्टहरु कांग्रेस नेतृत्वमा सम्पन्न निर्वाचनलाई असफल बनाउन विभिन्न मधेस तराईका जिल्लाहरुमा रक्ताम्य पार्न सक्रिय भएर लाग्नेछन् । हामी यसमा सजकता अपनाउदैँ सदाझै शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन मदत गर्न नेविसंघर  तरुणदल अब जाग्नुपर्छ ।

पदनै ठुलो कुरा होइन्, पार्टी प्रतीको लगानी, त्याग र निष्ठाको ढिलो चाडो भएपनी कदर हुन्छ भन्ने कुरामा हामी स्पष्ट हुनुपर्छ । म करिव ८ वर्ष देखी नेविसंघको पदविहिन राजनीति गर्दै आएको छु । मलाई पदको माया पनि छैन् । बस लोकतन्त्र र संविधानको साथै नेपाल विद्यार्थी संघको गौरवशाली इतिहास र आन्दोलनको पृष्ठभुमी थप मजबुत बनाएर लैजानुपर्छ भन्ने हो । आस्था, विचार, त्याग र निष्ठा भन्दा ठुलो पद होइन् भन्ने मलाई लाग्दछ । अबको निर्वाचनमा जोडतोडले लाग्न नेविसंघ, तरुणदल र सम्पुर्ण शुभेच्छुक संस्थाका साथीहरूमा आफ्नो तर्फबाट हार्दिक अपिल गर्दछु ।

नोट : लेखकले प्रयोग गरेका आचारसंहिता सँग सम्बन्धित कतिपय शब्दहरूमा लेखक नै जिम्मेवार छन् – सम्पादक ।