पचालझरना सम्पर्क मञ्च सुर्खेतको अध्यक्षमा शाही

सुर्खेत, माओवादी केन्द्र पचालझरना गाउँपालिका सुर्खेत सम्पर्क मञ्चको अध्यक्षमा हिक्मत शाही चयन भएका छन । वीरेन्द्रनगर सुर्खेतमा गरिएको भेलाबाट अध्यक्षमा शाही चयन भएका हुन । उपाध्यक्षमा  कौसिला बस्नेत सर्पराज शाहि र सचिवमा पदम साहि सहसचिवमा जन्म बोगटि चयन भएका छन  । त्यस्तै कोषाध्यक्षमा चरित्र बहादुर साहि सहित २१ सदस्यीय समिति चयन भएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसी प्रदेशहरू सदस्य देबराज शाही, अल्किना बम वविता माओवादी केन्द्र पचालझरना अध्यक्ष प्रमोद बिक पौरखको उपस्थिति रहेको थियोे ।