कोहलपुरमा सवारी दुर्घटना, १ जनाको मृत्यु

कोहलपुर, बाँकेको कोहलपुरमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।शनिबार साझ कोहलपुरबाट बर्दिया तिर जाँदै गरेको भे १० प ४६८ नम्बरको मोटरसाइकललाई पश्चिमबाट कोहलपुर तर्फ आउँदै गरेको भे १ च २८१५ नम्बरको बोलेरो गाडीले पुर्ब-पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर नगरपालिका-११ दशबिगाह नजिकै ठक्कर दिदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दिया जिल्ला बढैयाताल गाउँपालिका- ३ घर भई हाल सैन्य तालीम केन्द्र रुपेन्देहीको सैनामैनामा कार्यरत बर्ष २० बर्षिय राजन कुमार थारु रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र सवारी चालक ईलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा लिएको छ ।