भ्रष्ट्रचारको आरोपमा वडाध्यक्षलाई कालोमोसो

जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) जिल्ला समिती जाजरकोटले बिभिन्न योजनामा भ्रष्टचार गरेको भन्दै कालोमोसो दलेको छ ।जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राम बहादुर केसीलाई वडामा सन्चालित विकाशे योजनामा अनियमितता गरेको भन्दै बुधबार सङ्गठनले कालोमोसो दलेर जनकारबाही गरेको हो ।

अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज विराजन शाहीले वडा अध्यक्ष केसीले विभिन्न विकाशे आयोजनामा भ्रष्टचार गरेको कारण आफ्नो सङ्गठनको नेतृत्वमा चेतावनी स्वरुप कालोमोसो दलेर जनकारबाही गरिएको बताए ।

जनविकास माबी छेडागाड नगरपालिका ६ को फिल्ड निर्माणमा ९ लाख अनियमितता गरेको, अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएको, राधेदेखी बिराखोला सडक स्तर उन्नतिबाट ५ लाख रुपैयाँ हिनामिना गरेको, राधेदेखी गर्ख सम्म सडक स्तरउन्नतिबाट ४ लाख हिनामिना गरेको, कोभिड-१९ नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार रुपैयाँ वडा सचिवले किर्ते हस्ताक्षर गरि चेक साटेर हिनामिना गरेको, बाहुन गाउदेखी अफ्गान खानेपानी योजनाबाट २५ लाख हिनामिना गरेको, स्वास्थ्य चौकिको सोलार खरिदमा सबै काम सम्पन्न भइसकेको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको, थालिखोला मुहानबाट जेवा खानेपानी योजनाबाट ७ लाख रुपैयाँ वडाध्यक्ष केसीले हिनामिना गरेको आरोप अखिल (क्रान्तिकारी) को छ । वडाध्यक्ष केसी गएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षा निर्वाचित जनप्रतिनिधि हुन ।