कोहलपुर जेसिजको १३ औं पदस्थापना कार्यक्रम सम्पन्न

कोहलपुर, कोहलपुर जेसिजको १३ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बुधबार कोहलपुर जेसिज वर्ष २०२२ को पदस्थापना कार्यक्रम कोहलपुरमा सम्पन्न भएको हो ।नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा पानसमा बत्ती बाली कार्यक्रमको समुद्घघाटन गर्नुभएको थियो ।

पदग्रहण कार्यक्रममा कोहलपुर जेसिज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डेले वर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष इश्वर शर्मालाई चेन हस्तान्तरण गर्दै पदस्थापन गराउनुका साथै सपथ समेत गराएका थिए । त्यसपश्चात नवनिर्वाचित अध्यक्ष शर्माले अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।

समारोहलाई सम्बोधन गर्दै कोहलपुर जेसिज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डेले २०२२ का अध्यक्ष लगाएत सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै कोहलपुर जेसिज सामाजिक क्रियाकलापमा निरन्तर अगाडी बढेको बताए ।

‘वर्ष २०२१ को नेतृत्व सम्हाल्दै गर्दा हामिले धेरै कामहरू गर्न सफल रह्यौ । कतिपय कामहरु कोभिडको कारणले गर्दा पुरा हुन सकेनन् । हामी विश्वस्त छौ ! वर्ष २०२२ को निर्वाचित टिमहरुले उक्त अपुरा कामहरुलाई पूरा गर्नेछ ।’

साथै उनले आफुलाई राष्ट्रिय उपाध्यक्ष बनाउनका लागी सहयोग गरेको प्रती कृतज्ञता व्यक्त गर्दै उनले नवनिर्वाचित टिमलाई बधाई संगै मायाको चिनो समेत प्रदान गरेका थिए ।

कोहलपुर जेसिज वर्ष २०२२ का अध्यक्ष इश्वर शर्माले आफुलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको प्रती सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरे । ‘कोहलपुर जेसिज छोटो समयमा सफल हुन पुगेको छ । कोहलपुर जेसिजले कोहलपुर नगरपालिका संग जग्गाको लागी पहल गरेको थियो । आज फलस्वरूप जग्गा उपलब्ध भएको छ । अब कोहलपुर जेसिजले वर्ष २०२२ मा आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे साथै उनले युवा पिढिहरुको लागी नेतृत्व र व्यक्तित्व विकास गर्नको लागी तालिम संचालन गर्ने र युवाहरुलाई उधमशिलता र परिवर्तनका बाटोमा डोर्‍याउनु पर्ने कुरामा जोड दिनपर्छ ।’

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीले वर्ष २०२१ सफलता पुर्वक पार गर्नुभएकोमा कोहलपुर जेसिजका सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरे । उनले वर्ष २०२२ का सम्पुर्ण पदाधिकारीहरुले इमानदारिता पुर्वक सफलता पाउने काम गर्ने कुरामा विश्वस्त रहेको बताए ।

‘कोहलपुर जेसिजले छोटो समयमा राष्ट्रिय उपाध्यक्ष पाउन सफल भएको छ । वर्ष २०२२ मा नेपाल जेसिजले समाजमा रहेर नेतृत्व र व्यक्तित्व विकास गर्नको लागि तालिमहरु संचालन गरेर प्रभाव पार्नेछ र जेसिजको मिशन र भिजन अनुसार काम गर्नुपर्ने राष्ट्रिय अध्यक्ष भण्डारीले बताएका छन।