खजुरा मिनिपार्कमा हुने माघी विशेष सांस्कृतिक कार्यक्रम स्थगित

बाँके, बाँकेको खजुरा गाँउपालिकामा रहेको खजुरा मिनी पार्क एण्ड रिसोर्ट उधानले माघी विशेष साँस्कृतिक तथा लाइभ कन्सर्ट गर्ने भनेको कार्यक्रम स्थगित भएको छ ।पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस व्यापक रुपमा फैलिएको कारण माघको १ गते गरिने बिशेष कार्यक्रमलाई जिल्ला प्रशाशन कार्यालय बाँकेको अर्को सुचना नआउन्जेल सम्मको लटउी कार्यक्रम स्थगित गरिएको मिनिपार्कका संचालक टेक बहादुर श्रेष्ठले कुसे न्युजलाई जानकारी दिए ।

साथै उनले ग्राहक वर्गहरुलाई यसबाट असर पर्न गएको प्रती मिनिपार्कको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट क्षमाप्रार्थी भएको उनले बताए । साथै उक्त माघ १ गते हुने कार्यक्रम स्थगित भएतापनी हाम्रो अन्य सेवा सुबिधाहरु उपलब्ध भैरहेको उनले जानकारी दिएका छन।

बाँके जिल्लाको खजुरामा रहेको खजुरा मिनिपार्क एण्ड रिसोर्ट उद्यान लुम्बिनी तथा कर्णाली प्रदेशकै उत्कृष्ट उद्यान मानिन्छ। जसले बिगत दुई बर्ष देखी निरन्तर स्थानीय उत्पादनलाई ग्राहेता दिदै आएको छ ।