सहकारीबाट ९ लाख चोरी

काठमाडौं, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित गणेश मन्दिर नजिक रहेको सहकारीबाट रकम चोरी भएको छ ।अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको हो ।

गएराति अज्ञात समूहले ढोका फुटाएर रकम चोरी गरेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी रामबहादुर केसीले बताए । चोरी गर्ने समूहले सहकारीको दराजमा राखेको नगद लगेका थिए ।