एसएसपी सुशील यादव सरकारी निवासमै मृत फेला

काठमाडौं, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा मृत फेला छन् ।

उनको शव शुक्रबार संघीय इकाइ कार्यालय भैरहवाको सरकारी निवासमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार बिहान निवासमै अन्य स्टाफले खाजा लिएर जाँदासम्म अवस्था सामान्य थियो ।’ तर, बिहान ११ बजे एसएसपी यादवको शव झुण्डिएको अवस्थामा निवासमै भेटियो’, उनले सुनाए, ‘यसबारे विस्तृत जानकारी मातहतबाट मागेका छौं ।’ उनको मृत्युको कारण खुलिसकेको छैन । केही दिनअघि मात्रै उनीमाथि कारबाही चलाइएको थियो ।