विप्लव नेकपाले भन्यो- कोहलपुर मेडिकल कलेजमा मानवता विरोधी अपराध हुदैछ

बुझायो ज्ञापनपत्र

कोहलपुर, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मानवता विरोधी अपराध भइरहेको बताएको छ । अस्पताल भित्र देखीएका विभिध समस्याको बिषयमा पार्टीको तर्फबाट इन्चार्ज दीपक र सेक्रेटरी अनिलद्धारा हस्ताक्षरित ज्ञापनपत्रले शिक्षण अस्पताल भित्र गम्भीर प्रकृतिका अपराधहरु भइहेको खुलासा गरेको हो ।शिक्षण अस्पताल कोहलपुरमा हाडजोर्नी शाखा अन्तर्गतका विरामीहरुको उपचारका लागि हात र खुट्टाको अप्रेशन गर्ने सिलसिलामा अधिकाङ्स विरामीहरुको दुई पटक, तीन पटक र कतिपयको ४ देखि ५ पटक सम्म अप्रेसन गर्नु परेका घटनाहरु प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

साथै यी घटनाहरु कुनै सामान्य प्राविधिक कमजोरी मात्र नभएर पैसा कमाउने नियतले गरिएका मानवता विरुद्धको अपराध संग जोडिएका तथ्यहरु प्राप्त भएको पनि पार्टीद्धारा जारी ज्ञापनपत्रमा उल्लेख्य छ ।

कुनै पनि विरामी या उसका आफन्तहरुले रडहरु किन्दा भ्याटबिल नदिनु, अस्पताल र डाक्टरहरुले तोकेका फार्मेसीबाट मात्र किन्न लगाउनु, एक पटक प्रयोग भई सकेका रडहरु बिरामीहरुलाई फिर्ता नदिनु जस्ता तथ्यहरुले अस्पतालको गैरजिम्मेवारी मात्र भन्दा पनी गम्भीर संलग्नता रहेको बताइएको छ ।

साथै अस्पतालमा स्वास्थ विमा कार्यक्रम अन्तर्गतका विरामीहरुले लामो समय देखी दु:ख र अपमान सही रहेको उल्लेख्य गर्दै उपरोक्त वेथिती र अपराधको तुरुन्त अन्त गर्न चेताबनी समेत दिइएको छ ।

उक्त पार्टीले हाल बेडमा उपचाररत विरामीहरु कल्पना थापा दाङ गढवा गाउँपालिका-६ को चार पटक, दिलु भुर्तेल बर्दिया बढैयाताल गाउँपालिका-४ को दुई पटक, पवित्रा जैशी रुकुम चौरजहारी नगरपालिका-१ को दुई पटक र भरत परियार कालिकोट महावै गाउँपालिका-७ को दुई पटक अप्रेसन भईसकेको छ । निजहरु कसैको पनि हाल सम्म घाउ सन्चो भएको छैन् । अब उप्रान्त हुने उहाँहरुको उपचार अस्पताल प्रशासनले नै वेहोर्नु पर्नेछ । साथै यदी कसैले हातखुट्टा गुमाउनुपरेमा आजीवन जिवनयापनको जिम्मेवारी अस्पताल प्रशासन नै हुनुपर्ने कुराको माग समेत ज्ञापनपत्रमा गरिएको छ ।

साथै आगमी दिनमा अस्पतालबाट यस प्रकृतिका उपचार गर्नुपर्दा प्रयोग हुने रड निश्चित तोकिएका फार्मेसीबाट होइन् अस्पताल भित्रैबाटै उपलब्ध गरिनुपर्नेछ वा विरामी स्वयमले नै जुनसुकै ठाउँबाट किन्न पाउनुपर्ने, रडको भ्याट बिल बिरामी तथा बिरामिका आफन्तले पाउनुपर्ने, प्रयोग भएको रड बिरामीले फिर्ता पाउनुपर्ने लगायतका माग समेत राखेको छ ।

ज्ञापनपत्रमा उल्खित विषयलाई अस्पताल प्रशासनले गम्भीरतापूर्वक मनन गरेर एक हप्ता भित्र आफ्नो सार्वजनिक प्रतिवद्धता व्यक्त गर्न अनुरोध गर्दछ । अन्यथा यो कमजोरी र अपराधका विरुद्ध संघर्षका थप कार्यक्रम सार्वजनिक गर्न पार्टी बाध्य हुने समेत चेतावनी दिइएको छ ।

बिहिवार नेकपाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज दिपक चलाउने, बाँकेका पार्टी सेक्रेटरी अनिल खड्काको नेतृत्वमा गएको टोलिले अस्पतालका डाइरेक्टर डा. भोजराज जोशी समक्ष ज्ञापनपत्र बुझाएको थियो ।

हेर्नुहोस यस्तो छ ज्ञापनपत्र