पाकिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय बढी घाइते

एजेन्सी, पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको भने ३ सय भन्दा बढी घाइते भएका छन्।

पाकिस्तानको विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ। भूकम्पका कारण घरहरू भत्कँदा च्यापिएर मानिसहरूको ज्यान गएको हो।

जीओ टेलिभिजनकाअनुसार करिब तीनसय जना घाइते भएका छन्। तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।