शरीरमा पानीको मात्रा कम भए देखा पर्छन् यस्ता समस्या

हरेक प्राणिका लागि पानी आवश्यक छ । मानिसकालागि त पानी जीवनको आधार नै हो । त्यसैले हामीले दैनिक प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

तर धेरैले पानी पिउनुलाई प्रथामिकता दिदैनन् र शरीरमा पानीको कमी भएर विभिन्न समस्याहरु देखा पर्न सक्छ ।

स्वास्थ्य समस्या :

क) शरीरमा पानीको मात्रा कम भएमा पूरै प्रणाली कमजोर हुन्छ । जसका कारण शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । त्यसैले थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ ।

ख) मानिसको दिमागको ७० प्रतिशत भन्दा बढि भाग पानीले बनेको हुन्छ । पानीको कम हुँदा दिमाग मन्द हुन्छ । जसका कारण काम गर्न पनि मन नलाग्ने र ध्यान नजाने हुन्छ ।

ग) टाउको साह्रो दुखेमा तत्काल पानी पिउनु पर्दछ । पानीको अभावमा पनि टाउको दुख्न सक्छ ।

घ) दिनमा कम्तीमा दुई पटकभन्दा बढी पिसाब गर्दा पिसाब धेरै पहेंलो छ भने शरीरमा पानीको मात्रा कमी भएको हुन्छ । त्यसैले पर्याप्त पानी पिउनु पर्दछ ।

ङ) यदि शरीरमा पानीको मात्र कमी भएको छ भने शरीरले सही मात्रामा थुक बनाउन सक्दैन र श्वास गहाउने गर्दछ । यदी मुखमा प्रशस्त थुक भएन भने हानिकारक ब्याक्टेरिया बन्न गई श्वास गन्हाउँछ ।

च) मौसम विपरित पनि छाला सुख्खा रहनु, बारम्बार ओठ फुट्ने गर्छ भने त्यसको कारण पनि पानीको मात्रा कम हुनु हो । त्यसैले पानी पिउने गरौं ।

छ) शरीरमा पानीको मात्र कम भएमा पिसाबको मात्रामा नियमितको तुलनामा कम हुने गर्दछ ।