जहाँ मासुका लागि प्रत्येक वर्ष १० लाख कुकुर काटिन्छन्

सिउल, दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कुकुरको मासु खान प्रतिबन्ध लगाउने बारेमा योजना गरिरहेको बताएका छन् । लुकिछिपी कुकुर काट्न नरोकिएपछि त्यसको मासु खान नै प्रतिबन्ध लगाउने बारे राष्ट्रपति मुनले योजना गरेका हुन् ।

कोरियामा कुकुर तथा विराला काट्न देशमा प्रतिबन्ध छ । तर, उपभोगमा भने रोक छैन् । सरकारले हालै सार्वज्निक गरेको एक तथ्यांकअनुसार दक्षिण कोरियामा लुकिछिपी हरेक वर्ष दश लाख ककुर काटिन्छन् ।

कोरियामा पछिल्लो समयमा यसको माग घटेको छ । धेरै कोरियालीले कुकुरलाई पाल्तु जनावरको रूपमा पाल्न थालेपछि अधिकांशले ककुर काट्न छोडेका छन् । जसका कारण देशका ठूला तीन ओटा कुकरको मासु बेच्ने पसल बन्द भएका छन् ।

एक सर्वेक्षणमा ८० प्रतिशत कोरियालीले ककुरको मासु नखाने बताएका छन् । प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति मुनले अब कुकुरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने सुझाब दिएका थिए । ककुरप्रेमी मुनले पहिलो पटक कुकुरको मासुमाथि पूर्ण प्रतिबन्ध लगाउने बारेमा छलफल गरेका हुन् । केही समयअघि उनले देशमा जथाभाबी छोडिएका जनावरहरूलाई राज्यले संरक्षण गर्नुपर्ने बताएका थिए । एजेन्सी