पचालझरनामा बन्ने भयो नमुना भवन : भवनको शिल्यानास मुख्यमन्त्री शाहीले गर्ने

कालिकोट, पचालझरना गाउँपालिकामा गाउँपालिका कार्यालयको लागि २२ कोठे भवको शिल्यानास हुने भएको छ । यहि २९ गते गाउँपालिकाको केन्द्र पडेच्छा चौरमा गाउँपालिका कार्यालयको लागि पालिकाको भवनको शिल्यानास हुने भएको हो ।

संघको योजनाअनुसार बनेको कालिकोट जिल्लाको पहिलो भवनका रुपमा लिइएको छ । उक्त भवनको उदघाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गर्ने बताइएको छ । करिब ३ करोड ५० लाखको लागतमा निमार्ण गरिएको उक्त भवन नमुना भवनका रुपमा लिएको छ । शिल्यानास कार्यक्रममा बिभिन्न तहका ब्यक्तित्वहरुको सहभागिता रहने बताइएको छ ।