सूकीविरुद्ध थप कडा कदम उठाउँदै म्यानमारको सैन्य सरकार

हालसम्मकै गम्भीर मुद्दा दर्ता

एजेन्सी, म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेता आङ सान सूकीविरुद्ध हालसम्मको सबैभन्दा गम्भीर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सूकीमाथि घुसबापत् नगद र सुन दिएको आरोप लगाइएको छ । उनीमाथि लागेको यो आरोप पुष्टि भए उनलाई १५ वर्षको जेल सजाय हुनसक्छ ।

यसबाहेक उनीमाथि अन्य ५ मामिला पनि दर्ता गरिएको छ जसमा अवैध रुपमा वाकीटकी आयात गरेको र सार्वजनिक अशान्ति फैलाएको आरोप छ ।

१ फेब्रुअरीमा सैन्य कूपछि पूर्व स्टेट काउन्सलर सूकीलाई पक्राउ गरिएको थियो । त्यतिबेला देखि नै उनी आफ्नै घरमा नजरबन्दमा छिन् । उनी कहिलेकाँही अदालतमा देखिन्छिन् ।

सैन्य काउन्सिलको तर्फबाट बिहिबार जारी गरिएको प्रेस रिलिजमा सूकीले घुसको रुपमा ६ लाख डलर र सुनका सातवटा टुक्रा लिएको जानकारी उल्लेख छ । यसमा लगाइएको आरोप अनुसार नेशनल लीग फर डेमोक्रेसीको पछिल्लो नागरिक सरकारले भूमि सम्झौतामा अत्यधिक पैसा बगाएको छ । सूकीबाहेक अन्य थुप्रै पूर्व अधिकारीविरुद्ध भ्रष्टाचार र घुस लिएको मुद्दा दर्ता गरिएको छ ।

यसअघि सूकीविरुद्ध आर्टिफिसियल सिक्रेट एक्टलाई तोडेको मामिला दर्ता गरिएको थियो जसमा १४ वर्षको जेल सजाय हुनसक्छ । बीबीसी