अनेमसंघ (क्रान्तिकारी) कालिकोटको इन्चार्जमा अल्किना
कालिकोट,नेकपा(माओवादी केन्द्र)को अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कालिकोटको इन्चार्जमा नेतृ अल्किना बम (बविता)लाई जिम्मेवारी दिएको छ।
नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ(क्रन्तिकारी)को नेतृत्व बाँडफाँडमा केन्द्रिय सदस्य समेत रहेकी बमलाई कालिकोट जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको हो।नेकपा विभाजीतपछी माओवादीले पार्टी देखी भातृसंघ संगठनको नेतृत्व चयन गरिरहेको छ। कर्णाली प्रदेशका दशै वटा जिल्लाको इन्चार्ज,सहइन्चार्ज र अध्यक्षको टुंगो लगाइसकेको छ।
कालिकोट जिल्लाको संयोजकमा भने मिट्ठु शाहीलाई जिम्मेवारी तोकिएको छ।यस्तै सह इन्चार्जको भने,टुगो लगाउन सकेको छैन।जनयुद्धकालदेखी हालसम्म नेकपा (माओवादी केन्द्र)मा निरन्तर लागि परेकी नेतृ बम राजनैतिकका अलवा समाज सेवामा पनि निकै सक्रिय रहेकी छन्।
जनयुद्धकालमा कारावासको जिवन समेत विताएकी वमको राजनैतिक यात्रा कहाली लाग्दो रहेको छ।उनको योगदान र बलिदानको पार्टीले उच्च रुपमा मुल्यांकन गरेको कालिकोटका स्थानिय वासिन्दाहरुको धारणा रहेको छ।