अज्ञात कारणले विश्वका प्रमुख मिडियामा बेवसाइट अवरुद्ध

एजेन्सी,मंगलबार द न्युयोर्क टाइम्स, द फाइनान्सल टाइम्स र ब्लुमवर्ग न्युजजस्ता विश्वभर प्रभाव भएका मिडियाका वेबसाइटहरू डाउन भएका छन् । ती बेवसाइट विश्वका कुनै भागबाट पनि खुलेका छैनन्।

अमेरिकी टेलिभिजन सिएनएनको वेबसाइटलगायत फ्रान्सको सबैभन्दा चर्चित पत्रिका ‘ल मोड’का वेबसाइटहरू पनि अवरुद्ध छन् । यी समाचारमाध्यमको बेवसाइट अन्तर्राष्ट्रिय ग्रिनविच मिन टाइमअनुसार बिहान १० बजेबाट खुल्न छाडेका थिए । अवरोध कारण वेबसाइट खोल्दा ‘एरर’ सन्देश देखिइरहेका छन्।

न्युज पोर्टल नभए पनि अमेजन डट कम इन्कको खुद्रा वेबसाइटले पनि अवरुद्ध सामना गरेको छ । यस विषयमा अमेजनले कुनै प्रतिक्रिया जनाएका छैन।ब्रिटिस पत्रिका गार्जियनले भने आफ्नो वेबसाइट र एप प्रभावित भएको बताएको छ । अन्य केही ब्रिटिस समाचारमाध्यमका वेबसाइटहरू पनि खुलेका छैनन्।हालसम्म यी वेबसाइट के कारणले नखुलेका हुन् भन्ने स्पष्ट भइसकेको छैन।