सुर्खेतमा निषेधाज्ञा पुनः जेठ ३१ सम्म लम्बियो

सुर्खेत,सुर्खेतमा गत बैशाख १४ गते राति देखि जारी निषेधाज्ञा पुनः जेठ ३१ गतेसम्म लम्बिने भएको छ। जिल्लामा कोरोना महामारीको बढ्दो संक्रमण,नियन्त्रण,रोकथाम तथा उपचारलाई सहज बनाउनको लागि निषेधाज्ञालाई जारी राखिएको हो।

जिल्ला कोभिड व्यवस्थापन समितिको आज भर्चुअल माध्यमबाट बसेको बैठकले यस्तो निणर्य सार्वजनिम गरेको हो । बैठकले निषेधाज्ञाको प्रभावकारीता, अस्पतालमा विरामीको उपचारको अवस्था, अक्सिजन आपूर्ति तथा परीक्षणको लगायत विषयमा सम्बन्धित सरोकारवालासँग समिक्षासमेत गरेको छ ।

जिल्लामा बढ्दै गई रहेको कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्लास्थित क्रियाशील सम्पुर्ण राजनीतिक दल, पेशाकर्मी, व्यवसायी, बुद्दिजिबी, नागरिक समाज लगायत सबै जिम्मेवार पक्षले आ-आफ्नो तर्फबाट निषेधाज्ञाको पालना गर्न आग्रह गर्दै जोखिम कम गर्न र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्ने गराउने कार्यमा सहयोग र समन्वय गर्न आह्वान गरेको छ।