मेरो प्राथमिकता नेपालीलाई कोरोनाबाट मुक्त गर्ने होः स्वास्थ्यमन्त्री

काठमाडौं,नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका छन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताए।

उनले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको पनि मन्त्री तामाङले बताए।उनले कोरोना परीक्षण दर पनि बढाउने बताएका छन् ।