पञ्चदेवलका बालकिशोरले पठाए स्वास्थ्य सामाग्री

अछाम,अछामको पञ्चदेवल बिनायक नगरपालिकाका बालकिशोर माझिले रु एक लाख बराबरको स्वास्थ्य सामाग्री पठाएका छ्न।केहि समयदेखी अछाममा स्वास्थ्य सामाग्री तथा सिटामोलसम्मको अभाव रहेको कारण बालकिशोरले उक्त स्वास्थ्य सामाग्री पठाएका हुन्।

सोही समस्यालाई मध्यनजर गर्दै आपतमा युवा अभियान नेपालका संयोजक समेत रहेका माझिले काठमाडौबाट मास्क,पिपिइ,सेनिटाइजर,भिटामिन,सिटामोल,एजिथ्रोमाइजिन लगायतका स्वास्थ्य सामाग्री अछाम पठाएका हुन।उक्त स्वास्थ्य सामाग्री आज आईतवार बिहान उनका आफन्त प्रमोद माझी मार्फत पालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझिलाई हस्तान्तरण गरिएको हो।

आपतमा युवा अभियानले यसअघि कालिकोट,दोलखा र बिरगंजमा समेत स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ । बिगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेका बालकिशोर माझि अनेरास्ववियु स्थायी कमिटी सदस्य,पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझिका छोरा समेत रहेका छन् । उनि नेपाल कमर्स क्याम्पस मिनभवनका एक बौद्धिक तहका नेताका रुपमा परिचित छन् ।