बलात्कार अभियोगमा टिभी अभिनेता पर्ल वी पक्राउ

एजेन्सी,भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले पक्राउ गरेको छ। बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ परेका पुरी विरुद्द पीडित महिला र उनको परिवारले उजूरी दिएपछि उनी पक्राउ परेका थिए।

‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता चर्चित सिरियलमा काम गरेका उनले २०१३ बाट उनले आफ्नो करियर सुरु गरेका थिए। ‘दिल की नजर से खूबसुरत’ नामक सिरियल बाट उनले पहिलो पट्क सानो पर्दामा पाइला टेकेका हुन्। यि अभिनेता ‘किचन च्याम्पियन ५’ र ‘खतरा खतरा खतरा’ जस्ता रियालिटी शोका पनि प्रतिस्पर्धी हुन्।

नागार्जुन एक योद्धा’, ‘बेपनाह प्यार’, लगायत सिरियलमा काम गरेका पुरी बिग बोस १२ र १३ मा गेस्टका रुपमा पनि देखिएका थिए।