दैलेखमा प्रहरीद्धारा अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

दैलेख,जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी कर्मचारीहरुले अक्सिजन कन्सेन्ट्रेटर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्।आईतबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.ना.उ.अनुपम श्रेष्ठले सो स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई हस्तान्तरण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत इच्छुक प्रहरी कर्मचारीहरुले आफ्नो तलवबाट केहि रकम छुट्याएर नेपाल लगायत विश्वभरी महामारीको रुपमा देखापरेको नयाँ भेरियन्टसहितको कोभिड-१९ रोगबाट संक्रमित भएकाहरुलाई उपचारमा सहयोग तथा जोखिम नियन्त्रणमा सहजिकरण होस भन्ने उद्देश्यले अत्यावश्यक स्वास्थ्य उपकरणको रुपमा रहेको अक्सिजन कन्सेन्ट्रेटर-१ (थान)-१० लि.र मेडिकल अक्सिजन माक्स-१० (थान) हस्तान्तरण गरिएको प्रहरीले जानकारी दिएको छ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोग नियन्त्रण तथा व्यवस्थापन गर्न नेपाल प्रहरी,अन्य संघ संस्था तथा युवाहरु देशभर तिब्र रुपमा जुटिरहेका छन्।