नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि

कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु

काठमाडौं,नेपालमा थप ३४७९ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।