सुर्खेतमा लकडाउन उलङ्घनको आरोपमा हालसम्म ९४ जनालाई कार्वाही

२ लाख बढि जरिवाना संकलण

सुर्खेत,जिल्ला प्रशासन कार्यालय सुर्खेतले हालसम्म लकडाउन उलङ्घन गरेको आरोपमा ९४ जनालाई कार्वाही गरेको छ।२०७८ बैशाख १४ गते देखि जेष्ठ २३ गतेसम्मको अवधिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले ९४ जनालाई कार्वाही गरेको हो।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत तथा सुचना अधिकारी श्रीशम्सेर राना मगरले लकडाउन उलङ्घन गरेको आरोपमा कार्वाही गरिएका ९४ जनावाट २ लाख ११ हजार ३ सय रुपैँया जरिबाना संकलण भएको बताए।रानाका अनुसार अत्यावश्यक काममा सर्वसाधारणलाई आवत जावतमा सहज बनाउनको लागि केहि दिनदेखि जिल्ला प्रशासन कार्यालयले सवारी सहजीकरणपत्र दिदै आएको बताएका छन्।

हालसम्म जिल्ला प्रशासन कार्यालय सुर्खेतले १ सय २० ओटा सवारी साधनलाई सवारी सहजीकरण पत्र दिएको जानकारी गराए।

सवारी सहजीकरण पत्र पाउने अवस्था

-विरामी वोक्नको लागि, (चालक सहित ४ जना)
-मृत्यु संस्कारमा जानको लागि,
-बिवाहमा जानको लागि,(बढिमा १० जना)
-अलपत्र परेका श्रमीक,कामदारहरुलाई,
-कर्मचारी,नेपाली सेना,भारती सेना आदी,

लकडाउन सम्बन्धी नयाँ अध्यादेश लागु भएसंगै सवारी सहजीकरण पत्र नलिइ सवारी साधन चलाएको पाइएमा दुई पाङग्रे सवारी साधनलाई २ हजार तथा चार पाङग्रे सवारी साधनलाई ५ हजार जरिवाना गरिने जानकारी दिए । सवारी सहजीकरण पत्र लिन आउदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।