नेकपाका केन्द्रीय सदस्य दिपक र बाँकेका प्रमुख जिल्ला अधिकारी गेलाल बिच भेट

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाल बिच भेट भएको छ ।पार्टीका बाँके बर्दिया-जिल्ला इन्चार्ज समेत रहेको दिपक र सिडियो गेलाल बिच शुक्रबार भेट भएको हो ।

भेटमा समसामयिक राजनितीक बिषय, पार्टी र सरकार बिच बार्ताको क्रममा भएको तीन बुदे सहमती बमोजिम मुद्धा फिर्ताको लागि जिल्ला स्तरबाट गर्नु पर्ने काम, कोरोना महामारी नियन्त्रणका लागी जिल्ला स्तरमा भेराखेका कामकारबाही, भविश्यमा आउन सक्ने सम्भावित जोखिम लगातका महत्त्वपुर्ण बिषयमा छलफल भएको अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष डिबि शाहीले जानकारी दिए ।

साथै भेटमा राजनैतिक तथा प्रसासनिक पहुँचको बलमा जिल्लाको राप्ती नदी र अन्य विभिन्न खोलाहरुमा मापदण्ड बिपरित प्रयावरणमा नै असरपार्ने गरी भैरहेको गिट्टी बालुवाको उत्खनन् तथा निकासी तत्काल बन्द गरिनु पर्ने, महामारी नियन्त्रणको लागि तथा सम्भावित तेस्रो लहरबाट वचन भारत सँग गोडिएको सिमानाका पुर्ण रुपले बन्द गर्ने, कोरोनाको कारण मृत्यु हुन गएका परिवारको सहयोगका लागि प्रतिव्यक्ति न्युनतम एक लाखको राहत उपलब्ध गराउन पहल गरिनुपर्ने, आवश्यक स्थानमा व्यवस्थित क्वारेन्टिन र आईसोलेसन केन्द्रहरुको निर्माण गर्न तथा संपूर्ण जनतालाई खोपको उपलब्धता गराउन पहल गर्नुपर्ने, बाँके जिल्लाबाट हुने मानव तस्करी लगायत विभिन्न खाले तस्करीहरू नियन्त्रण गर्न आवस्यक उपाय चाल्न पर्ने लगायतका महत्त्वपूर्ण सुझाव दुईएको पनि विद्यार्थी नेता शाहीले जानकारी दिए ।

भेटमा नेता दिपकको साथै पार्टीका बाँके जिल्ला सेक्रेटरी अनिल, अखिल (क्रान्तिकारी) बाँकेका जिल्ला अध्यक्ष डिबि शाही, युवा संगठन नेपालका जिल्ला अध्यक्ष दिपक बुढाथोकी लगायतको पनि उपस्थिती रहेको थियो ।