कोरोनाबाट मृत्यु भएका परिवारलाई न्युनतम एक लाख राहत उपलब्ध गराउन नेकपाको माग

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले कोरोना संक्रमित भई मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति न्युनतम एक लाख राहत उपलब्ध गराउन माग गरेको छ ।बिहिबार पार्टी जिल्ला इन्चार्ज दिपक र सेक्रेटरी अनिलले जिल्लाको छैटौं पुर्ण बैठकद्धारा समसामयिक विषयमा लिएका महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा कोरोनाको कारण मृत्यु हुन गएका परिवारको सहयोगका लागि प्रतिव्यक्ति न्युनतम एक लाखको राहत उपलब्ध गराउन नेपाल सरकारका विभिन्न निकायहरु संग अनुरोध गरिएको छ ।

लम्बिदै गएको बन्दाबन्दिले निम्न वर्गका जनताको जिवन निकै कष्टकर भैरहेको र उनिहरुको सहयोगका लागि राज्यद्वारा आर्थिक सहयोगको कार्यक्रम घोषणा गर्न पनि नेकपाले आव्हान समेत गरेको छ ।

साथै कोरोना महामारीको संभावित तेस्रो लहरबाट जनताको जिवन सुरक्षित गराउन बेलैमा भारतसँगको नाका पूर्णरुपले बन्द गर्न, आवश्यक स्थानमा व्यवस्थित क्वारेन्टिन र आईसोलेसन केन्द्रहरुको निर्माण गर्न तथा संपूर्ण जनतालाई खोपको उपलब्धता सुनिश्चित गर्न निःशुल्क सेवा प्रदान गर्न नेपाल सरकार र सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।’

यस्तो छ विज्ञप्ति