बजेटले चलचित्र क्षेत्रमा उत्साह संचार गरेको छ : नवल खड्का

काठमाडौं, सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमा नेपाली चलचित्र प्रवर्द्धनका लागि बजेट विनियोजन गरेकोमा नायक एवं निर्माता नवल खड्काले चलचित्र क्षेत्रमा उत्साह संचार भएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै नायक एवं निर्माता खड्काले यो बजेट नीतिले चलचित्र क्षेत्रलाई सबल तुल्याउने विश्वास समेत व्यक्त गरेका छन् ।

सरकारले कोरोनाका कारण जारी निषेधाज्ञा अवधिभर चलचित्र क्षेत्रलाई विद्युत डिमाण्ड शुल्क छुट दिने, चलचित्र घरहरुको आ।व। २०७७र७८ करयोग्य आयमा १५ मात्र कर, चलचित्र सामाग्री वा यन्त्रमा भन्सार छूट, नवीकरण दस्तुर मिनाहाको व्यवस्था गरेको छ ।

शनिवार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सात प्रदेशमा छायांकन स्टुडियो निर्माण, स्टोरी बैंक, काभ्रेमा अत्याधुनिक इन्डोर स्टुडियो निर्माणका लागि रकम विनियोजन गरेको छ ।
कोरोना कहर र सरकारी नीति नियमहरुले ल्याउने अड्चनका कारण बजेटको कार्यान्वयनमा भने शनायक एवं निर्माता खड्काले शंका व्यक्त गरेका छन् ।