प्रज्वल शाहीको स्मृतिमा रक्तदान कार्यक्रम

चितवन, विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले बुधबार भरतपुर को सप्तगण्डकि क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ ।कोभिड–१९ को कारण लामो समय लकडाउनको भएको कारण रगतको अभाव भई बिरामीहरुलाई समस्यालाई मध्यनजर गर्दै रक्तदन कार्यक्रमको आयोजना गरिएको बताईएको छ।

संगठनका तत्कालिन केन्द्रीय सदस्य प्रज्वल शाहीको आजकै दिन २०७६ जेठ १२ गते सहादत भएको थियो । उहाँ लगायतका सहिदहरुको सम्मान र सम्झनामा आयोजित रक्तदान कार्यक्रममा २९ पोइन्ट रगत संकलन गरियको छ ।

रक्तदान कार्यक्रममा प्रमुख अथिति नेकपाका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज संदेश पौडेल, अथितिहरु संगठनका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराई, चितवन जिल्ला सेक्रेटरी मिन प्रसाद सापकोटा, अन्तर्राष्ट्रिय बिभाग सदस्य नारायण न्यौपाने, संगठनका केन्द्रिय सदस्यद्वय अटल शर्मा र प्रभात भट्टराई, सप्तगण्डकी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायण न्यौपाने लगायत थुप्रै विद्यार्थी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रमको उद्घाटन प्रमुख अथिती सन्देश पौडेल आफैले रक्तदान गरेर गर्नुभयको थियो । कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने सम्भावना बढेको कारण देशमा रगतको अभाव हुन नदिन संगठनको केन्द्रिय समितीको निर्णय अनुसार अखिल (क्रान्तिकारी) ले देशभर रक्तदान गर्ने कार्यक्रम अनुरूप चितवनमा पनि रक्तदान गरेको बताईएको छ ।

रक्तदान कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय उपाध्यक्ष रूद्र भट्टराईले अखिल (क्रान्तिकारी) जनताको हरेक समस्यामा सहभागी हुँदै आएको बताए । उनले आगामी दिनमा पनि जनताको बिचमा नै रहेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । साथै जनता भोक र रोगले पिल्सिरहदा मौन र रमिते मात्र भएर बस्ने सरकारको भत्सर्ना समेत गरेका छन ।

त्यस्तै रक्तदान कार्यक्रममा संगठनका चितवन जिल्ला संयोजक रेम्बोर्जे लामाले सक्रियताका साथ सहभागी भै रक्तदान गर्नु हुने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै निरन्तर साथ, सहयोग एवम सहकार्यको लागी अपिल गरेका गरेका छन ।

साथै उनले रक्तदानको लागी फलफुल सहयोग गर्ने महानगर थोक तरकारी तथा फलफुल समितिका संचालक निर्देशक थिर प्रसाद धिताल, फलफुल व्यवसायीहरु देवराज लुइटेल, बिन्दा अर्याल, दोलराज पन्त, पानी सहयोग गर्ने ताज पानी उद्योग, जुस सहयोग गर्ने दिपक ढकाल र अण्डा सहयोग गर्ने रुपक काफ्ले लगायतलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।