जाजरकोटको बारेकाटमा कोरोनाले विकराल रुप लिदै

६ जनाको परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि

जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा कोरोनाले विकराल रुप लिईरहेको छ।आज ६ जनाको कोरोना परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको छ।

कोरोना पुष्टि हुनेमा वडा नं १ का १ जना,वडा नं २ का २ जना र वडा नं ५ का २ जना रहेका छन। प्राथामिक स्वास्थ्य केन्द्र लिम्साका कोरोना फोकल पर्सन मोहन श्रेष्ठका अनुसार किट अभावका कारण दैनिक ६ देखी ७ जनाको मात्र कोरोना परिक्षण हुने गरेको बताए।आजसम्मको परिक्षण र कोरोना पुष्टिको तथ्याङ्क हेर्दा दैनिक परिक्षणको ८० प्रतिशत भन्दा माथिका व्यक्तिहरुमा कोरोना देखिएको श्रेष्ठले जानकारी दिए।

हालसम्म बारेकोट गाउँपालिकामा कुल कोरोना संक्रमितको संख्या ३४ पुगेको छ। फोकल पर्सन श्रेष्ठका अनुसार किट अभावले गर्दा परिक्षणको दायरा वढाउन सकिएको थिएन आज पुनः गाउँपालिकाले ३०० थान किट उपलब्ध गराएको छ। र पुरानोे ५० थान किट वाँकी रहेको थियो । अव भोलीदेखि अलि परिक्षणको दायरा वढाउदै लिने जानकारी दिएका छन।

गाउँपालिकाका प्रत्यक वडाहरुमा कोरोनासंग मिल्दाजुल्दा लक्षण भएका विरामी भएकाले भुसको आगोझै कोरोना फैलिएको हुनसक्ने अनुमान स्थानियको रहेको छ ।