२४ घण्टामा देशैभर ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त

थप ८ हजार ५९१ संक्रमित

काठमाडौँ, २४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरबाट ८ हजार ८४८ जना निको भएका हुन् । यो सँगै नेपालमा निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।यस्तै पीसीआर विधिबाट गरिएको १९ हजार ३५७ परीक्षणमा २४ घण्टामा ८ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । एन्टिजेन विधिबाट गरिएको ७४८ परीक्षणमा ३८९ जनामा पोजिटिभ देखिएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५६ हजार ६४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ पुगेको छ भने क्वारेन्टाइनमा ८६६ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म पीसीआर परीक्षण २८ लाख ९७ हजार ५०३ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।