विपक्षी पार्टिका गठबन्धनको बैठक जारी

काठमाडौं,नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई सहभागी छन्।

संसद विघटन गरेर चुनावको मिति घोषणा भएको सन्दर्भमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न नेताहरु बैठक बसेका हुन् । विपक्षी गठबन्धनले संसद विघटनको विरोध गर्दै त्यसको कानुनी उपचार खोज्ने तयारी गरेको छ।

यसअघि शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले संसद विघटनको विरोधमा कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरिसकेको छ ।