जाजरकोटको बारेकाटमा कोरोना संक्रमितको संख्या २९ पुग्यो

किटको अभावमा दैनिक परिक्षण न्युन

जाजरकोट,जाजरकोट जिल्लाको उत्तरी भेगमा पर्ने बारेकोट गाउँपालिकामा कोरोना संक्रमितको संख्या २९जना पुगेको छ। किट अभावका कारण दैनिक ६ देखी ७ जनाको कोरोना परिक्षण गर्दा पनि कुल संक्रमितको संख्या २९ पुगेको हो।

पालिकामा रहेका २९ जना कोरोना संक्रमितमध्ये २० जना पुरुष र ९ जना महिला रहेको प्राथामिक स्वास्थ्य केन्द्र लिम्साका कोरोना फोकल पर्सन मोहन श्रेष्ठले जानकारी दिएका छन।कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार किट अभावले गर्दा परिक्षणको दायरा वढाउन नसकिएकाले अलि अप्ठ्यारो परिस्थितीको सिर्जना भएको वताए।

गाउँपालिकाका प्रत्यक वडाहरुमा कोरोनासंग मिल्दाजुल्दा लक्षण भएका विरामी थुप्रै भएकाले भुसको आगोझै कोरोना फैलिएको हुनसक्ने जानकारी दिए।पालिकाले केही मात्रामा किट ल्याउन लागेको जानकारी आएको तर कति आउने भन्ने निच्शित नभएको वताए।हालसम्म गाउँपालिकाले केही संख्यामा बेड तथा अक्सिजनको व्यवस्था गरेको र कोरोना नियन्तरणमा तिव्रताका साथ लागिपरेको गाउँपालिका अध्यक्ष महेन्द्र वहादुर शाहले वताएका छन।

तत्काल परिक्षणको दायरा वढाएर सर्तकता अपनाउनु पर्ने स्थानियहरुको माग रहेको छ।परिक्षण गरिएका संक्रमितमध्ये हालसम्म ११ जना डिस्चार्ज भइसकेका छन भने अरुको अवस्था सामान्य रहेको छ।