बाँकेमा संक्रमित घट्दै, निको हुने बढदै

नेपालगन्ज, पछिल्लो समय बाँके जिल्लामा कोरोना संक्रमित हुनेको संख्या बढीरहेको छ। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या तुलनात्मक हिसाबले दिन प्रतिदिन बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै ३ सय ८३ जना संक्रमितहरू डिस्चार्ज भएका छन। भने ३ सय ४२ जना संक्रमित थपिएका छन्।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलिले दिएको जानकारी अनुसार भेरी अस्पतालमा कुल ३ सय ४ जना मध्ये २ सय ८, मेडिकल कलेज कोहलपुरको ल्याबमा ९३ जना मध्ये ३८ जना, र बागेश्वरी ल्याबमा १ सय ८६ जनाको परिक्षण गर्दा ९६ जना गरी थप ३ सय ४२ जनामा संक्रमणको पृष्टि भएको हो। संक्रमित मध्य बाँकेका २ सय ६ जना रहेका छन भने १ सय ३० जना बाहिरी जिल्लाका रहेका छन। शुक्रबार संक्रमित ३ सय ४२ सहित जिल्लामा संक्रमित हुनेको संख्या १६ हजार ४ सय ३६ पुगेको छ ।

त्यस्तै आज १ सय ५५ महिला र १ सय ८३ जना पुरुष गरी ३ सय ८३ जनाले कोरोना जितेर घर फर्किएका छन। यो संगै जिल्लामा हालसम्म निको हुनेको संख्या १४ हजार २४ पुगेको छ।

साथै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ९ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जना गरी १७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका १० र बाहिरी जिल्लाबाट उपचारमा आएका ७ संक्रमित रहेको बाँकेका कोभिड-१९ फोकल पर्सन ओलीले जानकारी दिए। यो संगै हाल सम्म जिल्लाका २ सय ६९ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका २२२ गरी ४ सय ९१ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको तुलनामा निको हुनेको संख्या बढे पनि मृत्युदर भने घटेको छैन्। पछिल्ला दिनहरूमा जिल्लामा नयाँ संक्रमित कम हुँदै जानुमा मानिसहरूले परिक्षण नगराउनले पनि संख्या कम देखिन थालेको प्रतिक्रियाहरू आउन थालेका छन्।