नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टि

थप २४६ जनाको मृत्यु

काठमाडौं,नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टि भएको छ। पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ८० हजार ५२७ पुगेको छ।

यस्तै, आज थप ७ हजार ९८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६० हजार ४ सय ०३ पुगेको छ।आज संक्रमणबाट थप २४६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ५ हजार ६ सय ५७ पुगेको छ।