अर्घाखाँचीमा पुन: निषेधाज्ञा थपियो

जेठ १० गते राति १२ बजे सम्म

अर्घाखाँची, कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि अर्घाखाँचीमा थप १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

कोभिड-१९ महामारीको दोस्रो लहर संगै यस अघि गएको बैशाख २० गते राती १२ बजे देखी बैशाख ३१ गते आज साझ १२ बजे सम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो।