नेपालमा थप ८९६० जनामा कोरोना पुष्टि

थप २१४ जनाको मृत्यु

काठमाडौं,नेपालमा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ।

आज कुल २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो। यो अवधिमा ५ हजार ५५ जना निको भएका मन्त्रालयको तथ्यांक रहेको छ।

देशभर कोरोना संक्रमणका कारण एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको कूल संख्या ४ हजार ४ सय ६६ पुगेको छ।