सुजन र सुजितको ‘भुल भयो म बाट’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ,गीतकार सुजन खत्री र सुजित खत्रीको ‘भुल भयो म बाट’ सार्वजनिक भएको छ।समिक्षा अधिकारी र शुवास खत्रीको स्वरमा रहेको यस गीतलाई ईश्वर सिंहले संगीत भरेका हुन्।

गीतको शव्द संयोजन शिव अखेलीको रहेको छ।प्रेम कहानीमा आधारित उक्त गितमा दुई प्रेमी प्रेमीका बिच भएको गल्तीलाई औँल्याउने मौका दिएको कुरा देखाउन खोजिएको छ। सिर्जन वराल (ऋषी)को निर्देशन रहेको भिडियोमा अन्जली अधिकारी र प्रेम थापालाई देखाईएको छ ।

दिपक गिरीको छाँयाकंन तथा अमृत चापागाँईले भिडियोलाई सम्पादन गरेका हुन्।जनता डिजिटल नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

भिडियो