बाँकेमा थप १३ जना संक्रमितको मृत्यु

नेपालगञ्ज, बाँकेमा बिहीबार दिउसोसम्म थप १३ जना कोरोन संक्रमितको उपचारको मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ८ जना र भेरी अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो।बुधबार बेलुकी र बिहीबार दिउसोसम्म गरी १३ कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेहरू बाँके, बर्दिया र दाङ लगायत आसपासका जिल्लाका संक्रमित छन्।

यी सँगै बाँकेमा कोरोनाले बिहीबार दिउसोसम्म २ सय १६ जनाको मृत्यु भएको छ । भने बाँके बाहेक बाहिरी जिल्लाबाट उपचारका लागी आएका १ सय ६४ संक्रमितले उपचारको क्रममा ज्यान गुमाएका छन ।