नेपाललाई अमेरिकाद्वारा ३२ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं,संयुक्त राज्य अमेरिकाले कोरोना महामारीविरुद्ध थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोगको घोषणा गरेको छ।

अमेरिकी इन्डो–प्यासेफिक कमान्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जानकारी दिएको छ।सन् २०२० को अप्रिलयता कमान्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरिसकेको जनाएको छ।

यो सँगै नेपालमा युएसएड समेत गरी अमेरिकी सरकारका विभिन्न एजेन्सीले झन्डै ५१ मिलियन डलर बराबरको कोभिड–१९ सम्बन्धी सहयोग प्रदान गरेका छन् ।