वर्ल्डलिंकका सञ्चालक जलानको निधन

काठमाडौं,इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ।

कोरोना संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले बताएको छ।४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन्। करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो।

जालन इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का कार्यकारी सदस्य समेत हुन्।वर्ल्ड लिंकको स्थापना कालदेखि नै जालन व्यवस्थापकीय भूमिकामा थिए।