नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि

थप १६८ जनाको मृत्यु

काठमाडौं,नेपालमा थप ९३०५ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै कुल सक्रतिमको संख्या ४ लाख २२ हजार ४१६ पुगेको छ।यस्तै, २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख १६ हजार ४६३ पुगेको छ।

आज कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ।मंगलबारसम्म देशभर १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।