बुधबार देशैभर ४४४४ जना डिस्चार्ज

काठमाडौं,आज बुधबार मात्रै देशैभर ४ हजार ४४४ जना कोेरोना संक्रमित निको भएर घर फर्किका छन्।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ४ हजार ४४४ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएका हुन्।

गएको २४ घन्टामा संक्रमणमुक्त भएका ४ हजार ४४४ जनासँगै देशभर कोरोना जितेर घर फर्किनेको संख्या ३ लाख १६ हजार ४६३ जना पुगेको छ ।