पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना पुष्टि, ५ हजार २२५ जना डिस्चार्ज

७९ जनाको मृत्यु

काठमाडौँ, पछिल्लो २४ घण्टामा २० हजार ५९६ पीसीआर परीक्षणमा नेपालमा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार २२५ निको भएका छन् भने ७९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले सेनाले विभिन्न समयमा गरेका शव व्यवस्थापन समेत गरि २४ घण्टाको जम्मा २२५ जना मृतक थपिएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ र निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना रहेको छ ।